free website hit counter

अन्तर्राष्ट्रिय बजारमा ओरालो लाग्दैछ सुनको भाउ

beemaadmin
२०८० जेष्ठ ४, बिहीबार

काठमाण्डौ । नेपालमा ऐतिहासिक उच्च मूल्य कायम गरेको सुनको अन्तर्राष्ट्रिय बजारमा भने भाउ आरोलो लागेको छ । अघिल्लो साता बढेको सुनको मूल्यमा यो साता लगातार गिरावट आइरहेको हो। अन्तर्राष्ट्रिय बजारमा आज पनि सुनको मूल्य घटेर प्रतिऔँस २ हजार डलर तल आएको छ। आज सुनको मूल्य प्रतिऔँस १ हजार ९९१ डलरमा कारोबार भइरहेको छ। नेपालमा १ औँस बराबर साढे २ तोला हुने गर्छ। योसँगै चाँदीलगायत अन्य धातुको मूल्यमा पनि गिरावट आएको छ। पछिल्लोपटक अमेरिकाको ऋणको सीमा बढ्दै जाँदा सुनको मूल्य घट्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जानकारी दिएका छन्। अमेरिकी सेयर बजारमा पनि गिरावट आएको छ। अहिले डाउ जोन, नास्डक, एसएन्डपी ५०० मा गिरावट आइरहेको छ। एसियाली सेयर बजारमा भने मिश्रित प्रभाव परेको छ। युरोपिली सेयर बजारमा पनि जर्मनको ड्याक्सबाहेक अन्यमा गिरावट आएको छ। भारतको सेन्सेक्समा गिरावट आएको छ भने जापानको निक्की तथा दक्षिण कोरियाको कोस्पिमा सामान्य बढोत्तरी आएको छ। उता बिट्क्वाइनको मूल्यमा पनि गिरावट जारी रहेको छ। अघिल्लो साता ३० हजार डलरमाथि पुगेको बिट्क्वाइनको भाउ अहिले २६ हजार ६८० डलरमा कारोबार भइरहेको छ। –एजेन्सी

सम्बन्धित समाचार