free website hit counter

अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

beemaadmin
२०८० फाल्गुन १७, बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा झिना अंकले घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक २८.६८ अंक घटेर १९७२.०९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४८ हजार ३४९ पटकको कारोबारमा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बजार नकारात्मक भएपनि यस दिन बोटलर्स नेपाल बलाजुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १ हजार ९६४ रुपैयाँ १० पैसा बढेर २१ हजार ६०५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन जोशी हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३९ रुपैयाँ घटेर ३५० रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन सो कम्पनीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन जोशी हाइड्रोपावरको कारोबार रकम १० करोड नाघेको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३।२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

सम्बन्धित समाचार