हेटौडा । पछिल्लो समय सामाजिक रितिरिवाजलाई उत्साहमै बनाउन बिमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।
यसै बिच मकवानपुर जिल्लाको हेटौडा उपमहानगर–१३ बस्ने मान बहादुर गोलेले आफना छोरीको अन्न प्राशनको अवसरमा १० लाखको बिमा पोलिसी उपहार दिएका छन । एशियन लाइफ इन्सोरेन्स शाखा कार्यलय हेटौडाबाट जारी सो बिमा पोलिसी अन्न प्राशनको अवसर पारेर शुभारम्भ गरिएको शाखा प्रबन्धक डिल्लीराम तिवारी जनाए ।
पिडादायी क्षणको सम्झना गराई बिमा गराउनु भन्दा खुसी र उत्साहमा बिमाको भुमिका बताई सजिलै बिमा गराउन सकिने सेनियर बिमा एड्भाइजर राजु साहले बताए ।
सकरात्मक माहौलमा उत्साहको साथमा बिमा गराउन बिमा सेवा गर्न पाउदाँ अत्यन्त खुसी भएको अभिकर्ता हिरामाया मोक्तानको अनुभव छ ।
यता बिमित प्रन्सुकी आमा सानु कान्छी गोलेले सानैमा छोरीको बिमा गर्न पाउदा अत्यन्त धेरै खुसी लागेको बताइन ।