free website hit counter

अप्पर स्याङ्गे हाईड्रोले दिँदैन यस वर्ष सेयरधनीलाई लाभांश

beemaadmin
२०८१ भाद्र २६, बुधबार

काठमाण्डौ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आगामी असोजमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आठौं साधारण सभा असोज १८ गते काठमाण्डौको चप्पल कारखानामा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांशको निर्णय नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात सोही मितिमा समाप्त आव २०८०ः८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सम्बन्धी छलफल गरी स्वीकृत गर्ने, आव २०८१ः८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको परिश्रमिक निर्धारण गर्ने र आव २०८०ः८१ मा विभिन्न संस्था तथा व्यक्तिहरुलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गरिनेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार