free website hit counter

अब बीमा अभिकर्ताको लाइसेन्स परीक्षा प्राधिकरणले लिने

beemaadmin
२०८० आश्विन १९, शुक्रबार

काठमाडौं । अब नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्स आफैं लिने भएको छ । सो प्रयोजनका लागि यही असोज २५ गतेदेखि
पुरानो प्रक्रिया बन्द गर्ने निर्णय भएको छ । प्राधिकरणले यही असोज १० गते जारी सूचना बमोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै लिने हुँदा हाल बीमा कम्पनीले प्राधिकरणको आईआरएमआईएस सफ्टवयरमार्फत हुँदै आएको बीमा अभिकर्ताको नयाँ लाइसेन्स दर्ताको कार्य बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । साथै परिक्षाको लागि प्राधिकरणको सफ्टवयरमा असोज २९ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित समाचार