free website hit counter

अब माक्स त छोड्नै भएन नि !

beemaadmin
२०७७ असार २२, सोमबार

काठमाडौं। समुदाय स्तरमा कोरोना फैलिएको र राजधानीलाई समेत कोरोनाले घेरिसकेको अवस्थामा गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। विशेष गरी मास्क नलगाइ बाहिर निस्कने र अटेर गर्नेहरुलाई पक्राउ गर्न निर्देशन आएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआईजीपी निरज बहादुर शाहीले जानकारी दिएका छन्। मास्क नलगाई बाहिर निस्कने र अटेर गर्नेहरुलाई पक्राउ गर्न निर्देशन आएको उनले बताएका छन्। मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरिने र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने छ । स्रोतका अनुसार, सकारले लकडाउन अझै नखुलाई सकेको र कोरोनाका महामारी पनि कायम रहेका कारण अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत अनुरोध गरेको । यस्तै घरबाहिर निस्कनै परेमा मास्क लगाएर मात्र निस्कन गृहले अनुरोध गरेको छ। यस्तै, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारको अनुरोध छ। सरकारले लकडाउनको मोडालिटि परिवर्तन गरेसँगै काठमाडौं उपत्यकामा व्यापार व्यवसाय खुलेका छन् भने, कोरोनाका संक्रमित पनि थपिदै गएका छन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार