free website hit counter

अब वीर र टेकु अस्पतालमा पनि कोरोना परीक्षण

beemaadmin
२०७६ चैत्र २९, शनिबार

काठमाडौं । कोरोनाको परीक्षण राष्ट्रिय प्रयोगशालासँगै टेकु अस्पताल र बीर अस्पतालबाट पनि हुने भएको छ । शनिबारबाट कोरोना भाइरसको परीक्षण काठमाडौंको वीर अस्पतालबाट पनि सुरू भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार शनिबारबाट बीर अस्पतालबाट परीक्षण सुरू भइसकेको छ भने आइतबारबाट टेकु अस्तपालबाट पनि कोरोना परीक्षण हुने छ । शनिबार पनि नयाँ कोरोना संक्रमित थपिएको छैन। अहिलेसम्म ४ हजार ४ सय बढीको नमूना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए। गएको २४ घन्टामा मात्रै झन्डै ९ सय जनाको परीक्षण भएको छ। अहिले सरकारले कोरोना परीक्षणको दायरालाई बढाएको छ। यसअघि डेढ सयदेखि दुई सय परीक्षण गर्दै आएकोमा दैनिक झन्डै ८ सयको नमूना परीक्षण गर्न थालेको छ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार