free website hit counter

अभिकर्ताले लाइसेन्स कहिले पाउने ?

beemaadmin
२०८० पुष ४, बुधबार

नियामक निकाय नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीद्वारा बीमा अभिकर्ताको इजाजत नविकरण गर्यो । अनलाइन परीक्षा लिई बीमा अभिकर्ताहरुलाई परीक्षामा सामेल गराई उत्तीर्ण गरिएका र पुराना अभिकर्ताको इजाजत पत्र हालसम्म उपलब्ध गराउन सकेको छैन् ।

बीमा अभिकर्ताको आचारसंहितामा के छ ?
बीमा अभिकर्ताको आचारसंहिताको प्रमुख बुँदा अभिकर्ताले प्राधिकरणले उपलब्ध गराएको इजाजत साथमा राखेर मात्र बीमालेख बिक्री गर्न पाउने उल्लेख छ, जुन कुरा पटक पटक प्राधिकरणले निर्देशिका जारी गर्दछ र बीमा एैन २०७९ मा पनि उल्लेख गरिएको छ । र पनि नेपाल बीमा प्राधिकरणले व्यवस्थित रुपमा अभिकर्ता प्रमाणपत्र वितरण गर्न सकेको छैन ।

बीमा अभिकर्ता अन्योलमा
अभिकर्ताले आफ्नो इजाजत नविकरण गरे । प्राधिकरणले नयाँ अभिकर्ता उत्पादन गर्नै छ तर उक्त व्यक्तिको आफ्नो कोड नं. सक्रिय भए नभएको प्रमाण केही छैन । बीमकमा गएर सिस्टममा गएपछि मात्र थाहा हुन्छ तर नेपाल बीमा प्राधिकरणले प्रमाणपत्र उपलब्ध गराई अनलाइबाट नै आफ्नो अभिकर्ता कोड सक्रिय वा निस्क्रिय भएको जानकारी दिन प्रयास गर्नु पर्दछ ।

बीमा अभिकर्ताको गोपनियता भंग
हाल आएर नेपाल बीमा प्राधिकरणले लिएको अभिकर्ता परीक्षाको नतिजा आफनो वेभसाइटमा नामावलीसहित बीमकको नामसँग जोडेर गर्ने गरेको छ जुन नितान्त गलत छ । यसमा बीमक र अभिकर्ताको संख्यामात्र उल्लेख गर्नुपर्दछ । नभए बीमा अभिकर्ता र बीमकबीच, बीमक बीमकबीच फाटो पर्ने निश्चित छ । किनकि सधैं एउटै बीमकमा अभिकर्ता काम गर्दछन् भन्रे हुँदैन ।

सम्बन्धित समाचार