free website hit counter

अभिभावकको समेत जोखिम बहन गर्ने ‘बाल उन्नति जीवन बीमा’

beemaadmin
२०८० पुष ३, मंगलवार

काठमाडौं । नयाँ नयाँ बीमालेख बजारमा ल्याएर ग्राहकको मन जित्न सफल जीवन बीमा कम्पनी एलआईसी नेपालले बालबालिकासँगै प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने बीमा योनजा बजारमा ल्याएको छ । यो बीमा योजनामा रू. ६० प्रतिहजार सुनिश्चित थप भएको र कथमकदाचित प्रस्तावकको मृत्यु भएमादुर्घटना लाभ तथा स्थायी अशक्तता लाभ प्रदान गर्दै थप बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गरिनुका साथै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने विशेषतायुक्त भएको बाल उन्नति बीमा योजना लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले सार्वजनिक गरेको छ । यस बीमा योजना एलआइसी नेपालको काठमाडौंस्थित कर्पोरेटकार्यालयमा आयोजित एककार्यक्रमकाबीच कम्पनीका वर्तमान निर्देशक तथा प्रमुखकार्यकारी अधिकृत प्रणय कुमार, नायब कार्यकारी निर्देशक ए दत्ता, सुचनाप्रविधि प्रमूख रोहित बुदियाल, कम्पनी सचिव सुदर्शन गिरी, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय, अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य विभागीय प्रमुखहरू तथा अन्य कर्मचारीहरुले संयुक्त रुपमा शुभारम्भगरेका छन् ।
उक्त शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले यो बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याईएको प्रष्ट पार्नु भयो । यस योजना बालबालिका तथा अभिभावक दुवैको लागि फाइदाजनक रहेको रहेको बताउनु भयो ।

सम्बन्धित समाचार