free website hit counter

अभियान लघुवित्तले लाभांश नदिने

beemaadmin
२०८१ बैशाख ६, बिहीबार

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।

सम्बन्धित समाचार