free website hit counter

अमिताभ बच्चन कतिदिन अस्पताल बस्छन् ?

beemaadmin
२०७७ असार ३१, बुधबार

मुम्बइ। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेकले ‘उपचारप्रति सकारात्मक प्रतिक्रिया दिएको’ अस्पताल स्रोतले जनाएको छ । कोभिड–१९ पोजेटिभ देखिएपछि मुम्बइको नानावटी अस्पतालमा भर्ना भएका उनीहरुको उपचारपछि शरीरले सकारात्मक प्रतिक्रिया दिएको हो । मंगलबार दिउँसो अस्पताल स्रोतले समाचार एजेन्सी पीटिआइलाई दिएको जानकारीअनुसार उनीहरु अझै कम्तीमा ७ दिन अस्पतालमा बस्नुपर्नेछ । यी बाबुछोरासँगै अमिताभकी बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या पनि कोभिड १९ पोजेटिभ पुष्टि भएका छन् । आमाछोरी भने घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने अभिषेकले ट्वीटरमार्फत जानकारी दिएका छन् । सोमबार साँझ अमिताभले ‘आफ्नो अँध्यारो आइसोलेसनलाई प्रेमपूर्ण सन्देशले उज्यालो पारेको’ भन्दै शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार