free website hit counter

अमेरिकामा संक्रमितको संख्या साढे ३ लाख पनि नाघ्यो, एकैदिन १,२५५ को मृत्यु

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

एजेन्सी । कोरोना संक्रमणले विश्व आतंकित बनिरहँदा त्यसको सबैभन्दा ठूलो मारमा स्पेन, इटाली, फ्रान्स र अमेरिका परेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण १२ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ हालसम्म १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । संक्रमितमध्ये ८ हजार ८ सय ७९ को स्थिती गम्भीर बताइएको छ ।
यद्यपि, यहाँ १९ हजार ६ सय ७१ संक्रमित निको भएर घर फर्किसकेका छन् । पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।

सम्बन्धित समाचार