free website hit counter

अमेरिकालाई यो आगामी हप्ता धेरै गाह्रो छ : ट्रम्प

beemaadmin
२०७६ चैत्र २३, आईतवार

एजेन्सी । कोरोना संक्रमणको चरम चपेटमा छ अमेरिका । अहिले विश्वको सबैभन्दा बढी संक्रमित त्यही देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट आगामी साताभित्र मृत्यु हुने मानिसको संख्या धेरै हुने बताएका छन् । कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङमा बोल्दै ट्रम्पले अमेरिकामा कोरोना भाइरसबिरुद्धको लडाईँमा सम्भवत यही हप्ता वा आगामी हप्ता सबैभन्दा गाह्रो हुने बताएका हुन् । आगामी सातासम्मको अवस्थालाई गम्भीर रुपमा चित्रत गरेका ट्रम्पले केही महत्वपूर्ण काम गर्न सकिए मृत्युदर कम हुन सक्ने समेत अपेक्षा गरेका छन् । ‘सायद यस साता र अर्को साताबीच सबैभन्दा कठिन समय हुनेछ । दुर्भाग्यवस धेरैको मृत्यु पनि हुनेछ, ट्रम्पले भने, सावधानी अपनाइए केही कम मृत्यु हुन सक्छ, तर मृत्यु निश्चित छ । अमेरिकामा शनिबार अवेर रातिसम्म ८ हजार ४५२ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी मानिस कोरोना भाइरसले संक्रमित भएका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार