free website hit counter

अमेरिकी सैन्य अखडामा इरानको हमला

beemaadmin
२०७६ पुष २३, बुधबार

काठमाडौं । इरानले आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर सुलेमानी क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो । अमेरिकाको रक्षा विभागले इरबिल र अल–असदका अलग–अलग सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्यान गएकाले त्यसको बदलास्वरूप प्रतिआक्रमण गरिएको इरानले जनाएको छ । सुलेमानीको मंगलबार अन्त्येष्टि गरिएलगत्तै इरानले अमेरिकी सेनामाथि आक्रमण गरेको हो ।
इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा आक्रमण्म भएको विरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको आक्रमणको क्षतिबारे समीक्षा गरिरहेको बताएका छन् ।इ रानले इराकस्थित अमेरिकी सेना बसेको इरबिल र अल–असदमा ड्रोन आक्रमण गरेपछि ट्रम्पको यो भनाइ आएको हो । ट्रम्पले पनि इरानले अमेरिकी सैन्य अड्डा रहेका दुई ठाउँमा आक्रमण गरेको पुष्टि गरेका छन् । ट्वीटरमार्फत् आक्रमण भएको पुष्टि गर्दै उनले यसबारे छिट्टै एक बयान जारी गर्ने बताएका छन् ।
अमेरिकी सेनाले इराकको राजधानी बगदादमा गरेको आक्रमणबाट इरानी सैन्य कमाण्डर सुलेमानी मारिएका थिए । सुलेमानीको मृत्युबाट इरानलाई ठूलो क्षति पुगेको बताइन्छ ।

८० अमेरिकी सैनिक मारिएको दाबी

उता, इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले गरेको आक्रमणमा परेर ८० अमेरिकी सैनिक मारिएको इरानको सञ्चार माध्यमले जनाएको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमेरिकी सेना बसेका दुई स्थानमा मिसाइल आक्रमण गरेको थियो । इरानले यस्तो दाबी गरे पनि के कति क्षति भयो भन्ने यकिन तथ्यांकन आएको छैन ।

सम्बन्धित समाचार