free website hit counter

अरुण काबेलीलाई हकप्रद निष्काशनको अनुमति

beemaadmin
२०८० असार १६, शनिबार

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम पूँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । त्यस अनुसार कम्पनीले आफ्नो शेयरधनीहरुलाई १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ । शेयरधनीहरुलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीका ३ अर्ब ७१ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भइ बग्ने काबेली नदीमा २५ मेगावाटको काबेली बि १ जलविद्युत आयोजना निर्माण पुरा गरी २०७६ कार्तिक २३ गते देखि व्यवसायिक उत्पादन गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार