free website hit counter

अरुण कावेलीले १७.८९ प्रतिशत लाभांश दिने

beemaadmin
२०७८ भाद्र २८, सोमबार

काठमाडौं । अरुण कावेली पावर लिमिटेडले शेयर धनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिबार काठमाडौंमा भएको साधारणसभाले संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजिको १७ प्रतिशतको दरले बोनश शेयर लाभांश दिने निर्णय गरेको हो ।
साथै कम्पनीले शेयरधनीलाई कर प्रयोजनको लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ । पाँचथर र ताप्लेजुङको बिच भएर बग्ने कावेली नदीमा २५ मेघावाटको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ । २०७६ कार्तिक २३ बाट व्यापारिक उत्पादन शुरु गरेको अरुण कावेली पावर लिमिटेडले ७०.६७ करोड आम्दानी गरिसकेको छ ।

सम्बन्धित समाचार