free website hit counter

अरुण भ्यालीको १९.९२ लाख कित्ता हकप्रद सेयर बिक्रीमा

beemaadmin
२०८१ बैशाख १०, सोमबार

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमातर्फ बिक्री आजदेखि बिक्री गर्न लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी, कुमारीपाटी विर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यालयहरुबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख २४ गते रहेको छ ।

सम्बन्धित समाचार