free website hit counter

अर्काकी श्रीमती १० हजारमा किनेर बलात्कार पछि फरार

beemaadmin
२०७७ आश्विन १६, शुक्रबार

काठमाडौं। भारतमा एक नेपालीले अर्काकी श्रीमती १० हजारमा किनेर श्रीमानकै अगाडि बलात्कार गरेर फरार भएका छन् । टाइम्स अफ इण्डियाका अनुसार उत्तराखण्डको रुद्रप्रयागकी ती महिलालाई उनका श्रीमानले १० हजारमा बेचेका थिए । त्यसपछि खरिदकर्ताले ती महिलालाई श्रीमानकै अगाडि बलात्कार गरेका थिए । महिलाको उजुरीपछि पुलिसले उनका श्रीमानलाई पक्राउ गरेको छ ।

उनी दैनिक ज्यालादारी मजदूर भएको बताइएको छ । रुद्रप्रयागका एसपी नवनीत भुल्लरका अनुसार प्रारम्भिक अनुसन्धानमा ती महिलालाई नेपालबाट गएका एक व्यक्तिलाई बेचिएको थियो । ‘हामीले महिलाका श्रीमानलाई पक्राउ गरेका छौं तर उनलाई किन्ने व्यक्ति अझै पनि फरार छन्’ उनले भने । फरार नेपालीविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।

सम्बन्धित समाचार