free website hit counter

असहज अवस्थामा पनि बढ्यो युनाईटेड इन्स्योरेन्सको बीमाशुल्क

beemaadmin
२०७७ कार्तिक ४, मंगलवार

काठमाडौं । कोरोना कहरले विश्व अर्थतन्त्र धरासायी बनाइरहेको बिषम परिस्थितिमा समेत युनाईटेड इन्स्योरेन्सले अधिल्लो आर्थिक वर्षको तुलनामा प्रथम त्रैमासिक अवधिमा बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार गरेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ५३ लाख बीमाशुल्क आर्जन गरेकोमा यस बर्षको सो अविधिमा २६ करोड ७४ लाख बीमाशुल्क आर्जन गरि ४४ दशमलव ३० प्रतिशत को भारी बृद्धि गरेकोछ ।

वर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी प्रकृयाका साथै ग्राहकमुखी बजार क्रियाकलापमा व्यापक सुधार गरी लोकप्रियता हासिल गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल, सहज र सुपथ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार