free website hit counter

असार १४ गतेदेखि २० गतेसम्म

beemaadmin
२०७७ असार १४, आईतवार

असार १५ गते दही चिउरा खाने दिन । १७ गते तुलसी रोपण ।

मेष : कठोर परिश्रम गर्ने समय आएको छ । दिन प्रतिदिन नजिकदो अवसर तथा चुनातीलाई परास्त गर्न थप समय दिनु नै पर्ने हुन्छ । प्रातः व्रम्ह मुर्हुतमा उठी इशर््वर स्मरण योग गर्नले मानसिक तनाव एवं थकान स्वतः निमुर्ल हुनेछ । अभिभावकको मुताविक चल्न सके समस्याबाट मुक्त रहन सहजता मिल्नेछ ।

वृष : यो साता मनभित्र चन्चलपनको वृद्धि हनेछ । रोकिएका कार्य सम्पन्न भै आर्थिक संकट स्वतः समाधान हुनेछ । मंगलिक कार्यको तिथि मिति तोकिने सम्भावना टरेको छैन । मनका भावना आदन प्रदान गर्ने मित्र भेटिनेछन । प्रसंगबस मन पराएको भावनासमेत व्यक्त हुनसक्छ ।

मिथुन : परिश्रम तथा लगानि अनुरुप व्यवसायले साथ नदिन सक्छ । भविष्यको निम्ति चिन्ताले सताउला । नसा सम्बन्धि समस्याले मानशिक तनाव उत्पन्न गराए पनि सोमबार पछिका दिनमा क्रमिक सुधार हुदै जानेछ । सामाजिक उत्सवमा सरिक नहुदाँ नै आफनो कल्याण हुनेछ ।

कर्कट : सेवारत कर्मचारी वर्गमा उच्च ओहदाका व्यक्तिहरुले निगरानी राख्नेछन । मनपराउनेले वेवास्था गर्दा मानसिक तनावले सताउन सक्छ । मन मिल्ने मित्रहरुको सुझाबले उक्त तनावबाट मुक्त भइनेछ । नियमित शारिरीक व्यायाम तथा योग गर्नाले थप उर्जा प्राप्त हुनेछ ।

सिंह : योग, ध्यान तथा भ्रमणले तनाव कम गर्न सहयोग पुर्याउन छ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्दा निराश उत्पन्न हुन सक्छ । ससाना त्रुटीहरुलाई औल्याँउदै प्रेमीका टाढिन सक्ने भएकाले उनको भावना बुझने प्रयास गर्नुहोला ।

कन्या : पैत्रिक धनको उपयोग गरि नयाँ व्यवसाय सञ्चालन गर्दा राम्रै मुनाफा आर्जन गर्न सकिनेछ । सोहयोगीले दिएको सुझाव मनन गरि चल्न सके आफुलाई फाइदा नै पुग्नेछ । प्रेमिका उपयुक्त महुर्तको पर्खाइमा छिन निर्णय गर्न ढिलाई नगर्दा वेश हुनेछ । घरायसी व्यवहारिक कार्यमा खर्च गर्दा कन्जुसीपन नगर्नु नै आफनो हितमा हुनेछ ।

तुला : परिस्थिति पहिचान गरी गरिएको कार्यले उचित स्थान पाउनेछ । साथीहरुको भनाइमा भर पर्दा अवसर फुत्किने सम्भावना छ । आर्थिक कारेबारबाट टाढै रहनु उचित हुन्छ । परोपकारी कार्यमा .रुची बढ्नेछ । साताको अन्त्यमा मनोरञ्जनमा सरिक भइनेछ । उपहार लिई भेटन आउनेहरुसँग सचेत रहनुहोला ।

वृश्चिक  : नयाँ अवसरको खोजीमा हुनुहुन्छ भने केही दौडधुप गर्नै पर्ने हुन्छ । आ–आफनो स्तर तथा हैसियत मुताविक थप मेहनत गर्दा नै भविष्य सुनिश्चित हुनेछ । विदेश जाने प्रयत्न सफल पार्न केही समय कुर्नुपर्ला । खराब आचरण र संगतबाट टाडै रहदा फाइदा हुनेछ ।

धनु : आफुलाई दोष थुपार्नेहरु प्रशंसा गर्न थाल्नेछन । कार्य व्यस्तताले गर्दा परिवारका सदस्य बिच खटपट हुन सक्छ , जसलाई निर्मुल गर्न घर परिवारमा समय खर्चीनु पर्ने हुन्छ । आमदानी राम्रै भएपनि खर्चको मात्राले पिरोल्न सक्छ ।प्रेम प्रस्ताव राख्नेहरुसगँ सचेत रहनुमा नै आफनो कल्याण हुनेछ ।

मकर : विपक्षीको छलकपट र जालझेलबाट सावधान रहनुपर्नेछ । आर्थिक उपलब्धि हात पर्ने योग देखिन्छ ।तपाईको आत्माविश्वासले व्यवसायलाई नयाँ उचाइमा पु¥याउने सम्भावना छ । कार्य व्यस्तताले घर परिवारमा किचलो उत्पन्न हुन सक्छ जसलाई निराकरण गर्न परिवारमा समय खर्चीनु पर्र्ला ।

कुम्भ : बैचारीक मतभेदका बिच अभिभावकबाट सहयोग पाइनेछ ।सभा सम्मेलनमा सहभागीहुदाँ राजनितीक क्षेत्रका उच्चपदस्त व्यक्तिहरुसगँ परिचित हुदै महत्वपुर्ण जीम्मेवारी प्राप्त हुन सक्छ । टाडा रहेका मित्रहरुबाट आर्थिक सहयोग तथा सुझाव मिल्नेछ ।

मीन : आफनो भलो चाहनेहरुलाई सहयोग गर्दा केही दिन खर्चीनु पर्ने अवस्था आएलाग्न सक्छ । शु्भचिन्तकहरुले बिभिन्न जिम्मेवारी सुम्पनेछन । सामाजीक हैसियत कायम राख्न बाहिरी गफगाफबाट टाडा रहनुहोला । सुवर्ण रङ्गलाई प्राथमिता दिए साता प्रेरणदायि रहनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार