free website hit counter

असार १५ देखि २२ गते सम्म ।

beemaadmin
२०७८ असार १५, मंगलवार

मेष : टाडा रहेका साथीहरुसगँ बिग्रिएको सम्बन्ध पुनः स्थापित हुनेछ । खर्च वृद्धि हुने परिस्थिती आइलाग्न सक्छ , आर्थिक जोह गर्न ध्यान पु¥याउनु होला । सामाजिक तथा परोपकारी कार्यमा रुची जाग्नेछ । बहुमुल्य धातु तथा विलासी साधन खरिद गर्दा होशियार अपनाउनुपर्नेछ ।

वृष : सामाजीक सञ्जालमा परिचित नयाँ मित्रबाट अपेक्षा गरेभन्दा बढि सहयोग मिल्नेछ । सामन्य खटपट भएपनि व्यवसायिक क्षेत्रमा गरिएको निर्णलाई परिवारले अनुमोदन गराउनेछन । उच्च शिक्षाको निम्ती ढिलो निर्णय गरि रोजेको विषयले सही बाटो देखाउनेछ । साताको अन्त्यमा अनावश्यक मानसिक तनाव सिर्जना हुन सक्छ ।

मिथुन : आफनो प्रतिष्ठासगँ जोडिएर कार्यक्षेत्रमा नयाँ चुनौति देखा पर्न सक्छ , सावधान रहनुहोला । इष्टमित्र तथा आफन्तले तपाईबाट अनुचित फाइदा उठाउने प्रयास गर्न सक्छन कम बोल्दा उपयुक्त हुनेछ । हरिया रंगको प्रयोगले मानशिक तनाबमा सहजता महशुस हुनेछ ।

कर्कट : पारिवारीक जिम्मेवारीले मन पिरोल्न सक्छ । व्यवसाय सञ्चालनमा अवरोध तथा कठिनाई हुदा आर्थिक समस्या आउनेछ । प्रेम जीवनले ठोस निर्णयको अपेक्षा गरेको अवस्था छ । परिस्थितीलाई वेवास्था गरियो भने संकट निम्तिन सक्छ । साताको अन्तयमा समय अनुरुप स्वास्थको ख्याल गर्नु पर्नेछ ।

सिंह : कम बोली धैर्यधारण गर्न सके ससाना झन्झटबाट उन्मुक्ति पाइनेछ । व्यपार तथा व्यवसायमा सोचेजस्तो सफलता नमिल्न सक्छ । सहयोगी पात्रहरुको हातहरु तपाईप्रति अघि बढिरहेका छन । निलो रंगको प्रयोग तथा शनि देवको आरधनाले सगँसगै गर्न सके समस्याबाट मुक्त भइनेछ ।

कन्या : समकक्षीको सुझाव अनुशरण गर्दा विशेष फाइदा हात लाग्न सक्छ । सामाजिक सक्रियतामा सहभागी हुदाँ परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । सामान्य स्वास्थ बाधा भएपनि जल एवं फलको सेवनले स्वास्थ अनुकुल बनाउन सकिनेछ । सप्ताहन्तमा दुविधाका बिच उपयुक्त मार्ग पहिल्याइनेछ ।

तुला : व्यवसायमा उत्तरचढाव आएपनि मुनाफ आर्जन गर्न केही समय लाग्नेछ । नातादारको बचन परिवर्तनले आर्थिक हैरानी व्यहोर्नु पर्ने हुन सक्छ । आफुले मन पराएको साथीको भावना कदर गर्नु उचित हुनेछ । खराब आचरण र संगतबाट टाडै रहदा आफनो कल्याण हुनेछ ।

वृश्चिक : सल्लाह वेगर आफनो निर्णयले आर्थिक कारेबार गर्दा अप्ठ्यारो पर्न सक्छ । केही समय रोकिएर र्धैयता पूर्वक गरिएका कार्यले उचाइमा पुग्न सहजता हुनेछ । व्यवसायमा लगानी गर्न आग्रह गर्नेछन । आफना भित्रि योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफु सुरक्षित भइनेछ ।

धनुः हितैषिसगँ सुझाव संकलन गरि अघि बडे आफु सुरक्षित भइनेछ । असहज परिस्थितिबाट उम्कन अपेक्षा भन्दा बढी मेहनत तथा समय दिनु पर्नेछ । साथीहरुले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन । साताको अन्त्यमा बाहिरी वातावरण अनुरुप चल्न सके फाइदा नै होला ।

मकर : सहयोगको नाटक गर्ने लोभी एवं स्वार्थी साथीहरुका कारण मन खिन्न रहनेछ । समय अनुरु काममा ढिलासुस्ती गर्दा आफनो हुनेछ । आफनो सहयोगी भावनालाई अरुले प्रशंसा गर्दा आफु उचाइमा पुगिनेछ । वातावरणीय हेरफेरमा स्वास्थ प्रतिकुल हुन सक्छ संयम रहनुपर्नेछ ।

कुम्भ : आयआर्जन सम्बन्धि व्यवहारले सताउन सक्छ । योग,ध्यान गर्दा शारिरिक एवं मानसिक कुभावनाहरु स्वतः हटेर जानेछ । आफु भित्र भएको स्वाभाव परिवर्तन गरी समय अनुकुल चल्न सके आर्थिक पक्ष सवल हुदै जानेछ । खानपानमा विशेष ध्यान दिनु पर्नेछ ।

मीन : खराव मनसाय भएकाबाट टाडा रहनुमा नै आफनो कल्याण हुनेछ । सोचे जस्तो लाभ हासिल गर्न थप केही समय कुर्नु पर्ने अवस्था छ । वैदेशिक अवसरका निम्ति केही समय कुर्नु पनेछ । मौसम प्रतिकुल हुन सक्छ स्वास्थप्रति सचेत रहनुहोला ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार