free website hit counter

असार ५ गतेदेखि असार ११ गतेसम्म

beemaadmin
२०७८ असार ५, शनिबार

मेष : विविध छटपटिको विच सुस्त तवरले उन्नतीको मार्ग प्रशस्त हुनेछ । स्वदेशमै विविध नयाँ क्षेत्रमा लगानी गरी थप आम्दानीको मार्ग पहिल्याउन साथीहरुबिच मत मिल्नेछ । सोचेका योजनाहरु आंशिक रुपमा पुर्ण हुनेछन । शनि देवको सेवाले प्रायः समस्याबाट सहजै उन्मुक्ति मिल्नछ ।

वृष : सम्पन्न हुन लागेको कार्यमा पारिवारिक खिचातानीले रोकावट आउन सक्छ । विशेष व्यक्तिले दिएका सुझाबले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्ने छ । परिस्थितिलाई वेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्न सक्छ । असहज परिस्थतीबाट उम्कन सोचे भन्दा बढी मेहनत गर्नुपर्नेछ ।

मिथुन : आफ्ना कमजोरी प्रति गुनासो बढ्न सक्छ । आफनो कमजोरीबाट फाइदा उठाउनेहरु सल्वलाउन सक्छन् , संयमता अपनाउनु होला । साताको अन्तयमा झन्झटिला कार्यहरुको बोझ आइलागेता पनि परिश्रम अनुरुप सोचेको फल पाइनेछ । पहेलो रंग प्रयोग गर्न सके थप फाइदा पुग्नेछ ।

कर्कट : स्वास्थमा आएको समस्याले मनमा नैराश्याता आउनेछ ,योग ध्यान गर्न सके सहजै उन्मुक्ति मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा आकर्षित हुदाँ सोच बिचार गरि लगानी गर्दा आफनो हितमा हुनेछ । साताको अन्त्यमा कामको सही मुल्यांकन हुनुका साथै केही धन लाभ हुन सक्छ ।

सिंह : नजिकबाट घुलमिल हुन चाहानेसगँ सामाजिक दुरी कायम राख्न सके दुवैको कल्याण हुनेछ । शारिरिक कमजोरी तथा आलस्यता महशुस हुन सक्छ । सामाजीक क्षेत्रमा नेतृतवदायी भुमीका आइलाग्न सक्छ । विगत देखि रोकिएका कार्य सम्पन्न गर्दा आफनै हित हुनेछ

कन्या : साता सामन्य रहनेछ । परिस्थिति अनुरुप गरिएका कामले प्रतिष्ठा दिलाउनेछ । प्रतिकुल अवस्थमा अरुको मुख ताक्दा पछि परिने सम्भावना छ । मित्र वर्गले बचन अनुसार समयमा सहयोग नर्गदा आर्थिक संकट वेहोर्नु पर्नेछ , त्यसैले व्यवसायिक कारोबार गर्दा सावधानी अपनाउनु होला ।

तुला : परिणाममुखि कार्य सम्पन्न गर्न केहि ढिलाई हुन सक्छ हेक्का राखे सफलता हात लाग्नेछ । करियर बनाउन दैनिकिमा परिवर्तनको जरुरत पर्नेछ । योग तथा ध्यान गर्न सके स्फुर्ति पैदा भै मन हलुका हुनेछ । यो साता यात्रा नगर्दा नै उपयुक्त होला ।

वृश्चिक : सुनौलो रंग अवलम्वन गरि शरिरिक व्यायाममा जोड दिदाँ फलिफाप हुनेछ । सरोकार नभएको बिषयमा चासो नराख्दा नै वेश होला । आफनो योजना परिणाममुखि बनाउन कठिन परिश्रम गर्नुपर्नेछ ।साताको अन्त्यमा मनोरञ्जनतर्फ आकर्षित भइनेछ । वाहिरी घुलमिल हुने प्रवृतीले पारिवारीक सम्बन्धमा खिचलो उत्पन्न गराउन सक्छ ।

धनु : निलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्याउने छ । इष्ट मित्रबाट प्राप्त सुझाबले भलाई गर्नेछ । पैत्रिक सम्पत्तिको अनावश्यक उपयोग नगर्दा नै आफनो कल्याण हुनेछ । टाढा भएका मित्रहरुले दिएको सुझावले फाइदा नै पुर्याउने छ । साताको अन्त्यमा शारिरिक दुर्वलता देखा पर्न सक्छ ।

मकर : कार्य क्षमतामा ससाना त्रुटीहरुले मर्यादामा आचँ पुर्याउन सक्छन् , कार्य सम्पादन गर्दा विशेष होशियार अपनाउनु नै उत्तम हुनेछ । परिस्थिति अनुरुप चल्न नसक्दाँ प्राप्त अवसर अन्यत्र जान सक्छ । समसामयिक अवस्था अनुरुप विश्वास पात्रलाई आर्थिक सहयोगको वचन दिदाँ समस्यामा परिएला ।

कुम्भ : पुरुषार्थद्धारा गरिएका सेवाले उचाइमा पुर्याउने छ । अवरोध खडा गर्नेहरु सक्रिय रहे पनि आफनो दृडताले पराजय सामना गर्नु पर्ने छैन । आर्थिक प्रलोभन देखाउनेहरुबाट टाडा रहदा नै आफनो प्रतिष्ठा उचाइमा पुग्नेछ । साताको अन्त्यमा स्वास्थप्रति सजकता अपनाउनुहोला ।

मीन : अभिभावकसगँ विचार नमिल्दाँ सामान्य खटपट हुन सक्छ । मित्रवर्गहरुप्रति ससाना त्रुटीहरुलाई औल्याँउदैमा टाढिन सक्ने सम्भावना छ । राज्यस्तरबाट महत्वपूर्ण अवसरहरु प्राप्त हुनेछ । अध्यातमिक चिन्तन योग तथा ध्यानले दुर्भावनाहरु समाप्ती हुँदै भावि मार्ग पहिल्याउन सहज हुनेछ ।

 

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार