काठमाण्डौ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । एनआईशी एशिया,एभरेष्ट बैंक सिटिजन बैंक,सानिमा बैंकलगायत ९ वटा बैंकले ब्याजदर घटाएका छन् । यस्तै २ वटा बैंकले ब्याजदर बढाएका छन् । असोज महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.३९ प्रतिशत कायम भएको छ । भदौ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.४९ प्रतिशत थियो । यसरी असोज महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१० प्रतिशतविन्दुले घटेको छ । यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.१० प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.१४ प्रतिशतविन्दुले कम हो । भदौ महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.२४ प्रतिशत थियो ।
एनआईसी एशिया बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.१८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.४१ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.४१ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
बैंकले असोज महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.९४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि भने बैंकको व्यक्तिगततर्फ अधिकतम ५.२५ र संस्थागतर्फको अधिकतम ४ प्रतिशत ब्याजदर कायम थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६।१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले यहि ब्याजदर प्रदान गरेको थियो ।
बैंकले असोज महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ ५.१ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । भदौ महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगतको ब्याजदर घटाएको छ भने संस्थागततर्फ स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंकले असोज महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ । जुन भदौ महिना क्रमशः ६.२ र ४.९ प्रतिशत कायम रहेको थियो ।
प्राइम कमर्सियल बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागतको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
नेपाल एसबीआई बैंकले असोज महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोज महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
लक्ष्मी सनराइज बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५।२५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६.२५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर नै दिएको थियो ।
सिद्धार्थ बैंकले पनि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । असोज महिनाका लागि नबिल बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो ।
बैंकले पनि असोज महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.४१ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
हिमालयन बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले असोज महिनाका लागि ब्यक्तिगत तर्फको ब्याजदर बढाएको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०७ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन भदौ महिनाका लागि क्रमशः ६.०६५ र ४.२५ प्रतिशत कायम थियो ।
माछापुच्छ्े बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।