free website hit counter

अस्पतालको आकस्मिक कक्षमै डाक्टर–नर्स कुटिएपछि अस्पताल बन्द

beemaadmin
२०७७ भाद्र १९, शुक्रबार

काठमाडौं। स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्ष बन्द भएको छ । बिहीबार राति अस्पतालको आकस्मिक कक्ष तोडफोड भएपछि सेवा बन्द गरिएको बताइएको छ । आकस्मिक कक्षमा खटिएका डाक्टर नर्स तथा सेकुरिटी गार्ड कुटिएका छन् । तोडफोड र कुटपिट पछि अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।

बिहीबार रानीवन र ढुंगेधाराका युवाबीच भलिवल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो । त्यसै बेला घाइते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो । कुटने समूहको एक जना युवा पक्राउ परेपछि सोही समूहका अरु तीस चालिस जना युवा आएर घाइतेमाथि कुटपिट गरेको अस्पतालका निर्देशक डा. धर्म सुवेदीले बताए । एउटा समूहको पाँच जना घाइते भएपछि हामीकहाँ उपचारका लागि ल्याइएको थियो । सोही घाइतेलाई कुटन राति अर्को समूह आयो । आकस्मिक कक्षमा भिडन्त भयो ।

मेडिकल उपकरण तोडफोड गरियो । उपचारमा सहभागी डाक्टर नर्स तथा अन्य कर्मचारी, सुरक्षा गार्डमाथि समेत आक्रमण भयो, निर्देशक सुवेदीले भने । अस्पतालमा आएर आकस्मिक कक्षमै भिडन्त गर्ने र स्वास्थ्यकर्मीमाथि आक्रमण हुने, स्वास्थ्य सामग्रीको तोडफोड गर्ने लगायतको कार्यले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि असुरक्षा बढेको भन्दै आफूहरुले आकस्मिक सेवा बन्द गरेको उनले बताए । झडप हुँदा आकस्मिक कक्षमा रहेको इसिजि मेसिन, टिचल फोर्सेव, एम्बु व्याग, टुल लगायतका थुप्रै सामानमा क्षति पुगेको अस्पतालले जनाएको छ । अस्पतालमा राती नौ बजे ३० – ४० जनाको समूह आएर करीब डेढ घण्टा वितण्डा मच्चाएका थिए । अस्पतालमा ५ जना प्रहरी रहेपनि उनीहरुले नियन्त्रण लिन नसकेपछि थप जनपद र सशस्त्र प्रहरी बल मगाइएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी आएपछि मात्रै उनीहरु भागेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार