free website hit counter

अस्पतालले गरायो स्वास्थ्यकर्मीको १० लाखको बीमा

beemaadmin
२०७७ बैशाख २२, सोमबार

काठमाडौं । कोरोनाविरुद्धको अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको जीवन रक्षा पहिलो शर्त हो । झापामा रहेको ओमसाई पाथीभरा अस्पतालले आफ्नो अस्पतालमा कार्यरत स्वाथ्यकर्मी तथा कर्मचारीको जीवन बीमा गराएको छ । अस्पतालका निर्देशक बालकुमार पोखरेलले यहाँ कार्यरत १४६ जना चिकित्सक, नर्स र कर्मचारीको एक वर्षे जीवन बीमा गराएको जानकारी दिए । कोभिड–१९ संक्रमणको त्रासको अवस्थामा समेत ज्यानको बाजी मारेर सर्वसाधारणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीसँग वैशाख २० गतेदेखि लागू हुनेगरी जीवन बीमा गरिएको उनले जानकारी दिए । बीमावापत एक वर्षको रु ३ लाख ८३ हजार विमा कम्पनीलाई भुक्तानी गरिएको र यसबाट कार्यक्षेत्रमा खटिने सबै स्वास्थ्यकर्मीको मनोवल बढ्ने उनको धारणा छ । बीमामा भएको व्यवस्था अनुसार बीमा अवधिमा कालगतिले मृत्यु भएमा रु ५ लाख, कोरोना र अन्य दुर्घटनाबाट मृत्यु भएमा रु १० लाख रकम परिवारका सदस्यले पाउनेछन् । पोखरेलकाअनुसार अस्पतालले गरिब, दुःखी, बिपन्न वर्गका परिवारलाई केही राहत मिलोस् भनेर सहुलियतमा सेवा सुविधासमेत प्रदान गर्ने गरेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार