free website hit counter

आइएफसीले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने

beemaadmin
२०७६ मंसिर ६, शुक्रबार

अर्थबीमा समाचारदाता

काठमाडौँ । नेपालको जलविद्युत र पुर्वाधारको क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय वित्त निगम र विश्व बैंक, एसियाली विकास बैंकले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउनुपर्ने कुरा उठाउँदै आएको सन्दर्भमा नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ऋणपत्र जारी गर्न स्वीकृति दिएको छ ।
आइएफसीलाई नेपाली रुपैयाँमा २० मिलियन अमेरिकी डलर २ अर्ब २६ करोड को हाराहारीमा ऋणपत्र जारी गर्न सरकारले स्वीकृति दिएको हो । नेपाल सरकारका प्रवक्ता तथा सूचना, संचार मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उक्त विषय बाहिर आएको हो ।
आइएफसीलाई अर्थमन्त्रालयले तोकिएको शर्तमा ऋणपत्र जारी अनुमति दिएको बताइएको छ । आइएफसीले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न आवश्यक अनुमति लिन राष्ट्र बैंक पुगेको सन्दर्भमा यस्तो स्वीकृति दिइएको हो ।
यस अधि नेपाल सरकारले आर्थिक वर्ष ०७१–०७२ को बजेटमा नै मुलुक भित्र बन्ने ठूला परियोजनामा लगानी गर्न रकम उठाउन अन्तर्राष्ट्रिय स्तरको क्रेडिट रेटिङ्ग संस्थाबाट गतिलो रेटिङ प्राप्त गरेका अन्तराष्ट्रिय वित्तीय संस्थालाई स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको भए तापनि चार बर्ष पश्चात् मात्र स्वीकृति दिने क्रम सुरु भएको हो ।
अब आइएफसीले अर्थ मन्त्रालयमा कुन क्षेत्रमा लगानी गर्ने, कति रकम लगानी गर्ने ऋणपत्र खरिद गर्नेले पाउने व्याजदर आदि खुलाएर मन्त्रालयले तोकेको स्पस्ट खाँका सहित जारी गर्ने ऋणपत्रको रकम सहित मन्त्रालयमा विवरण पेश गरेर ऋणपत्र जारी गर्न सक्नेछ ।

सम्बन्धित समाचार