free website hit counter

आइएमई जनरलको भर्चुअल प्रशिक्षण

beemaadmin
२०७७ भाद्र १३, शनिबार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले भर्चुअल प्रशिक्षणका आयोजना गरेको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर र काठमाडौं उपत्यकालगायत देशको मुख्यमुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई भर्चुअल प्रशिक्षणको आयोजना गरेको हो । कम्पनीले भदौ १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको छ । कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार