free website hit counter

आइएमई जनरलको हकप्रद शेयर बाँडफाँड

beemaadmin
२०७८ चैत्र २९, मंगलवार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले संस्थापक शेयरधनी समुहको २३ लाख ६१ हजार ४७५ कित्ता हकप्रद शेयर जारी गर्दा ४५ लाख ३९ हजार १४९ कित्ता शेयर बाँडफाँड गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । सर्वसाधारण समुहको २२ लाख ६८ हजार ८६९ कित्ता शेयर बिक्री गर्दा ८८ हजार ९३४ कित्ताको लागि भने आवेदन परेन । त्यस्तै संस्थापक शेयरधनी समुहको तर्फबाट भने २ हजार २६१ कित्ताको लागि आवेदन नपरेको क्यापिटलले जनाएको छ ।
कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म १० कित्ता बराबर ४ कित्ताको अनुपातले बिक्रीका लागि आह्वान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज गर्नु भन्दा अगाडीको पूँजी एक अर्ब १५ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख रुपैयाँ कायम भएको छ । अझै ९१ हजार १९५ कित्ता शेयर बिक्री हुन बाँकी रहेकाले उक्त शेयर बोलकबोल मार्फत बिक्रीका लागि बोलपत्र आह्वान गर्नु पर्नेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार