free website hit counter

आइएमई जनरलले शुरु गर्यो घुम्ति बीमा सेवा

beemaadmin
२०७६ पुष ११, शुक्रबार

काठमाडौं । नियामक निकाय बीमा समितिबाट जारी शाखारहित घुम्ती बीमा सेवासमम्बन्धी मार्गदर्शन २०७६ बमोजिम आईएमई जनरल इस्न्योरेन्स कम्पनीले एक मोबाइल भ्यानमार्फत् घुम्ति बीमा सेवा शुरु गरेको जनाएको छ । ग्राहकको आवश्यकतानुसार घरदैलोमै सेवा दिने उद्देश्यले यो घुम्ति बीमा सेवा शुचारु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताउनुभयो । हाल सो सेवा काठमाडौं उपत्यकाभित्र कम्पनीको शाखा नरहेका विभिन्न स्थानमा घरदैलोमा नै गएर सेवा दिइरहेको छ । यो अभियानको नतिजा हेरेर भविष्यमा अन्य स्थानमा सेवा विस्तार गर्ने सोच रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

ग्राहकलाई घरदैलोमै सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सक्ने तथा शाखारहित भएको हुनाले खर्च पनि कम हुने भएकाले तत्काल यो सेवा शुरु गरेको उहाँले बताउनुभयो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आइएमई जनरल इस्न्योरेन्स कम्पनीसँग निर्जीबन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु लिएर ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न पनि उहाँले अनुरोध गर्नुभयो । उहाँले निर्जिबन बीमा क्षेत्रमा आफूहरु अग्रणी संस्थाको रुपमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार