free website hit counter

आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । झण्डै तीन दशमदेखि बीमा तथा बित्त क्षेत्रमा संलग्न हुँदै आएका शरण रेग्मी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् । संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
रेग्मीलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मंसीर १० गतेदेखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको हो ।
स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्त क्षेत्रमा काम गरेको अनुभव संगालेका छन् ।
बिमा तथा वित्त क्षेत्रमा सहायक स्तरबाट आफ्नो सेवा शुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गर्दै आएका छन् ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार