free website hit counter

आइएमई प्रुडेन्सियल चुक्ता पुँजी दुई अर्ब नाघ्यो

beemaadmin
२०८० बैशाख २७, बुधबार

काठमाडौं । फेरि अर्का दुई बीमक एक भए आजदेखि एकीकृत कारोबार गर्दैछन् । आजदेखि आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबार गर्न लागेका हुन् । यी दुई कम्पनीबीच मर्जर प्रक्रिया टुङ्गिए सँगै यो निर्जीवन बीमा क्षेत्रको पाँचौ सफल मर्जर हो । यी दुई कम्पनीले आइएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार गर्ने भएका हुन् । यी दुई कम्पनीले माघ २९ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सहमतिपत्रमा हस्ताक्षर भए सँगै दुबै कम्पनीले छोटो समयमा मर्जर प्रक्रिया टुङ्गाएर एकिकृत कारोबार गर्ने भएका हुन् । यो बीमा क्षेत्रमै ‍सबैभन्दा छोटो समयमा भएको सफल मर्जर हो । दुबै कम्पनीले चैत २२ गते विशेष साधारणसभा आह्वान गरेर मर्जरको प्रस्ताव पारित गरेका थिए । बराबर हैसियतमा भए सँगै कम्पनीको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ नाघ्नेछ । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी निर्जीवन बीमा क्षेत्रकै सर्वाधिक धेरै हुनेछ ।
मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा आइएमई जनरलका तर्फबाट हेमराज ढकाल हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरलका युगेश भक्त वादे श्रेष्ठ नै रहनेछन् । आइएमई समुहको सर्वाधिक धेरै लगानी रहेको आइएमई जनरलले प्रतिस्पर्धी बजारमा आफुलाई थप प्रतिस्पर्धी बनाउने रणनीति लिएको हो । यस समुहले आफ्नो लगानी रहेका बैंक वित्तीय संस्थालाई मर्जर गराए शक्तिशाली र प्रतिस्पर्धी बनाउदै आएको छ । मर्जर पछि आफ्नो दायरा खुम्चिने सोचका कारण प्राय मर्जर प्रकृयाँ अगाडि बढ्दैनन् । बरु आइएमईले अन्य सँग मर्जर गराउदै आफ्नो लगानीलाई थप फराकिलो बनाउदै लगिरहेको छ ।

सम्बन्धित समाचार