free website hit counter

आइएमई लाइफको आईपीओ बाँडफाँट

beemaadmin
२०८० असार ३०, शनिबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालय, सिटिसी मल, सुन्धारमा शनिबार बिहान आईपीओ बाँडफाँट भएको हो । कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसा दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यसैगरी, निष्काशन गरिएको कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तालाई बाँकी रहेको ९६ लाख कित्ता शेयर मात्रै वितरण भएको हो । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ ॥ त्यस अनुसार ९ लाख ६० हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।

सम्बन्धित समाचार