काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चौथो त्रैमाससम्ममा नाफा र बीमा शुल्क आर्जन वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्मको अवधिमा खुद बीमाशुल्क आर्जन ५४ प्रतिशतले बढाएर १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ८८ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।
चौथो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा १२ करोड ९० लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा २४ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा कम्पनीले १ सय १६ वटा दाबी वापत १५ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ करोड रुपैयाँ संचित रहेको छ भने जीवन बीमा कोष १ अर्ब ४६ करोड रुपैंया छ ।