free website hit counter

आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ सार्वजनिक

beemaadmin
२०८१ आश्विन ९, बुधबार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । १८ वर्ष भन्दा माथिका व्यक्तिहरुले न्यूनतम बीमाङ्क रु ५० हजार राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, बिभिन्न पेशागत व्यक्तिहरु, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत उल्लेख गरिएको छ ।
विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, बिभिन्न २१ घातक रोगबिरुद्धको रक्षावरण सहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने ब्यवस्था कम्पनीले गरेको छ । साथै बीमाशुल्कको भुतmानी बीमितको इच्छा अनुसार एकैपटक वा नियमितरुपमा तिर्न सकिनेछ । कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्ता मार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । खासगरी बीमा दाबी प्रक्रियामा सरलता ल्याई छिटो दाबी भुक्तानी गर्दै आएको र पारदर्शीतालाई आफ्नो मुलमन्त्र मानेर काम गर्ने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनमानसमा विद्यमान रहेको विश्वासलाई आफ्नो सफलताको कारण मान्ने गरेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार