free website hit counter

आइएमई लाइफको ब्ल्याक डाइमन ग्रुपले गर्यो एजेन्सी म्यानेजरलाई सम्मान

beemaadmin
२०८१ कार्तिक ११, आईतवार

काठमाडौं । आइएमई लाइफ इन्सोरेन्सको ब्ल्याक डाइमन ग्रुपले बागमती प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडर्सको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान तथा एजेन्सी म्यानेजर र एमडीआरटी २०२५ लाई सम्मान कार्यक्रम गरेको छ। काठमाडौंको कोटेश्वरस्थित ए वान पार्टी प्यालेसमा आयोजित कार्यक्रममा राष्ट्रियस्तरका मोटिभेसनल प्रशिक्षक सन्तोष लामाले बिजनेस ग्रोथ र आफ्नो क्षमता विकास गर्नका लागि प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा आइएमई लाइफका चिफ रिक्स अफिसर सुदीप राणाको प्रमुख आतिथ्य थियो ।

कार्यक्रममा सहभागीलाई कम्पनीको भावी रणनीति कम्पनीको प्रगति विवरणबारे प्रकाश पारिएको थियो। विशिष्ट अतिथिहरु कम्पनीका ट्रेनिङ हेड सुनिल आचार्य, माइक्रो हेड सुनिल अधिकारी, बागमती प्रदेश हेड सीपी भट्टराईले एजेन्सी र बीमाका सम्बन्ध तथा आजको जीवन बीमितको महत्व साथमा अभिकर्ताको भविष्य विषयमा मोटिभेसनल प्रदान गरेका थिए। आइएमई लाइफको पहिलो डबल एमडीआरटी मीना गुरुङ, सिनियर चिफ एजेन्सी म्यानेजर, सिनियर, एजेन्सी म्यानेजरलगायत १०५ जना भन्दा धेरैको सहभागिता थियो। डबल एमडीआरटी, आइएमई लाइफका नेपाल टप र ब्ल्याक डाइमन ग्रुपका अध्यक्ष एवं चिफ एजेन्सी म्यानेजर नगेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित समाचार