free website hit counter

आइएमई लाइफद्वारा बीमा दाबी भुक्तानी

beemaadmin
२०७८ आश्विन ७, बिहीबार

काठमाडौं । कोरोना संक्रमणबाट जीवन गुमाएका बीमितका परिवारलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमा दाबी वापतको ५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कम्पनीका जोखिमाङ्कन समितिका सुदिप राणाले उक्त रकम बराबरको चेक बीमित भेषकुमारी प्रधानका छोरा किसन श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । इटहरी १७ की भेषकुमारी श्रेष्ठको गत असार ३१ गते विराटनगरस्थित विराट मेडिकल कलजेमा कोभिड संक्रमणका कारण ज्यान गएको थियो । कम्पनीले उक्त बीमा दाबी भुक्तानी गरेको समारोहमा कम्पनीका प्रदेश १ प्रमुख ओम प्रकाश राई, इटहरी शाखाका प्रमुख विकास श्रेष्ठ, झुम्का शाखाका विनोद कुमार चौधरीलगायत अभिकर्ताहरुको उपस्थिति रहेको जनाएको छ ।

सम्बन्धित समाचार