free website hit counter

आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ मंसिर १४, मंगलवार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितको असामयिक निधनपछि मृत्यु दाबी बापतको बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीको ताप्लेजुङ शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मिक्वाखोला गाउँपालिका–५ का विमित स्व टाशी शेर्पाकी श्रीमती फुलमाया तामाङलाई ५ लाख ६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीका ताप्लेजुङ र फिदिम शाखा इन्चार्ज ङिमा शेर्पा र ताप्लेजुङ शाखा प्रमुख सुर्य गुरुङले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।
फुङलिङ नगरपालिका ५ , बिरेन्द्रचोकमा अवस्थित शाखा कार्यालयमा एक अनौपचारिक कार्यक्रम गरि रकम हस्तान्तरण गरेको हो । स्व. टासी शेर्पाले २०७७ साल असोज १९ गते आइएमई लाइफ इन्स्योरेन्स ताप्लेजुङमा ५ लाख रुपैयाँको बिमा गरेका थिए । ५ लाख रुपैयाँको बीमा गरेका उनले एक किस्ता मात्रै प्रिमियम बुझाएका थिए ।
बीमा जारी भएको छोटो समयमा २०७७साल पौष ११ गते ३७ वर्षको असामयिक उमेरमा उनको निधन भएको थियो । बिमा रकम बुझेपछि फुलमाया तामाङले श्रीमानको मृत्युको पीडा भुल्न कम्पनिले दिएको दाबी भुक्तानी रकमले केहि भएपनि सहयोग गर्ने बताइन् । आइएमई लाईफ ताप्लेजुङ शाखाका कम्प्युटर अपरेटर इन्चार्ज दुर्गामाया कार्की, सिनियर एजेन्सी मेनेजर पेम्बा शेर्पा, एजेन्सी मेनेजर दिनेश तामाङ, निरोज शेर्पा, सुमन सेर्पा लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

सम्बन्धित समाचार