काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत्र १३ गतेदेखि १६ गतेसम्म चार दिने निर्जीवन बीमा अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । तालिममा न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन् । यसका लागि आवश्यक कागजातसहित चैत्र १२ गतेभित्र कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । तालिम कम्पनीको प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ भने परीक्षा चैत्र १६ गते हुनेछ । साथै, उल्लेखित तालिममा ५० जनाभन्दा बढी सहभागी संख्या समावेद गराउन नसकिने हुँदा पहिले प्राप्त भएको निवेदनलाई प्राथमिकता दिइने कम्पनीले बताएको छ ।