free website hit counter

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड माया मेट्रो अस्पतालबीच सम्झौता

beemaadmin
२०८० श्रावण ८, सोमबार

काठमाडौं । आफ्ना ग्राहकलाई थप सेवा सुविधा दिनका लागि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले र माया मेट्रो अस्पताल धनगढीसँग सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकमहानुभावहरुलाई माया मेट्रो अस्पताल धनगढीमा प्राप्त हुने सेवाहरु जस्तैः एक्ससे, युएसजी, इकोलगायतका सेवाहरुमा १०% सम्मको छुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ । सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशीले माया मेट्रो अस्पतालसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार