free website hit counter

आइसियु र भेन्टिलेटरमा गरी २ सय ६३ जना संक्रमितको उपचार

beemaadmin
२०७७ आश्विन ७, बुधबार

काठमाडौं । जटिल अवस्था हुँदै गएपछि राखिने आइसियु र भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या पनि बढ्दै गएको छ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ४३ जना भेन्टिलेटरमा र २२० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२८ जना आइसियु र ३७ जना भेन्टिलेटर, प्रदेश ५ मा ४१ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा १४ जना आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश २ मा १८, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १३ आइसियुमा उपचाररत रहेका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार