free website hit counter

आइसीयूमा १८६ र भ्यान्टिलेटरमा २२ कोरोना संक्रमित

beemaadmin
२०७७ भाद्र १२, शुक्रबार

काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै मृत्युको ग्राफ पनि उकालो लागेको छ भने जटिल प्रकृतिका विरामी पनि बढेका छन् । पछिल्लो २४ घण्टामा देशभर ९२७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर ९२७ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । संक्रमितमध्ये २० हजार २४२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। २४ घण्टामा १० हजार २२९ जनाको पीसीआर परीक्षण भयो । संक्रमितमध्ये हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । आइसीयूमा १६४ र भेन्टिलेटरमा २२ संक्रमितको उपचार भइरहेको छ ।

सम्बन्धित समाचार