free website hit counter

आईएमई लाइफको खुद बीमाशुल्क बढ्यो

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ करोड ४९ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २७ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २६ लाख रुपैयाँ, बीमालेख धितोबाट ३३ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा भने करिब १० लाख रुपैयाँले घटेर ६ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा एक अर्ब २ करोड ७७ लाख रुपैयाँ, जगेडा कोषमा २४ करोड ९० लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ३ करोड १५ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले हालसम्म १ लाख ३ हजार ९४५ बीमालेख जारी गरी २ अर्ब ६ करोड ९० लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको छ। यस अवधिसम्ममा कम्पनीले ७७ दाबी बापत ६ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार