काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको जिम्मेवारी दिनेशबहादुर अमात्यलाई दिइएको छ । सिईओ श्रीचन्द्र भट्टले राजिनामा दिएपछि सञ्चालक समितिले उहाँको राजीनामा स्वीकृत गरेको हो । आईएमई लाईफको सञ्चालक समितिको बैठकले भट्टको राजीनामा स्वीकृत गर्दै एजिएम दिनेशबहादुर अमात्यलाई निमित्त प्रमुखको जिम्मेवारी तोकिएको हो । सिईओ भट्ट ज्योति विकास बैंकमा सिईओ भएर जाने निश्चित भएपछि आईएमई लाईफबाट राजिनामा दिएका हुन् ।