काठमाडौँ । निर्जिवन बीमा कम्पनी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष हेमराज ढकालले नेपाली बिमा बजारमा छुट्टै पहिचान स्थापित गर्न इन्स्योरेन्सले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताएका छन् । अध्यक्ष ढकालले उनले देशको आर्थिक विकासमा बिमाको ठुलो योगदान रहेको भन्दै बिमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बिमा बजार अझै फराकिलो हुने बताए । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट ढकालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको २६औँ वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेका छन् । गत वैशाख २७ गतेबाट साबिक आइएमई जनरल इन्स्योरेन्स लि र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि मर्जर भएर आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स बनेका थिए ।