free website hit counter

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पायो ‘ए माइनस’ क्रेडिट रेटिङ

beemaadmin
२०८३ आश्विन २४, शनिबार

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ‘ए माइनस’ क्रेडिट रेटिङ प्राप्त गरेको छ। कम्पनीले इक्रा नेपालबाट उक्त रेटिङ पाएको हो।

यो रेटिङले कम्पनी आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्षम रहेको र कर्जा वा लगानीसम्बन्धी जोखिम तुलनात्मक रूपमा कम रहेको संकेत गर्छ।

कम्पनीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको बीमा कोष ८३ प्रतिशतले बढेर ७ अर्ब ८० करोड २२ लाख रुपैयाँ पुगेको छ।

उक्त अवधिमा कम्पनीको लगानीबाट हुने आम्दानी २ अर्ब ८२ करोड ५ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ। कम्पनीको कुल खर्च भने २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ रहेको छ।

कम्पनीको महाविपत्ति कोषमा ९ करोड ७७ लाख रुपैयाँ र सञ्चित मुनाफा (रिटेन्ड अर्निङ) मा १ करोड ८४ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.१३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९.५३ रुपैयाँ रहेको छ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल हुन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) योगेशभक्त बादे श्रेष्ठ रहेका छन्।

सम्बन्धित समाचार