काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले लघुवित्तलाई साउन १८ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । लघुवित्तले सर्वसाधारणको लागि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता निष्काशन गर्नेछ । हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको शेयर निष्काशन बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।