free website hit counter

आईपीओ निष्कासनको तयारीमा वाईवाई चाउचाउ

beemaadmin
२०८१ बैशाख ४, मंगलवार

काठमाण्डौ । चौथरी समूहको वाईवाई चाउचाउले पनि आईपीओ निष्कासन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आइ्र्रपीओ निष्कासन गर्ने तयारी भईरहेको बताएका हुन् । चौधरीले एक्समा पोष्ट गर्दै यस बारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, हामी तपाईहरुको मनपर्दो चाउचाउ वाईवाईको नेपालमा आईपीओ निष्कासन गर्ने योजना बनाईरहेको कुरा सेयर गर्न गर्न पाउँदा खुसी रोमाञ्चित छौं । वाईवाईले लामो समयदेखि नेपाली बजारमा आफ्नो प्रभुत्व कायम गरिरहेको छ । अहिले भने करेन्ट जस्ता नयाँ ब्राण्डले वाईवाईलाई नयाँ चुनौति दिईरहेका छन् । जसले गर्दा कम्पनीले नयाँ व्यवसायिक रणनीति बनाउँनका लागि आईपीओ निष्कासन गरेर सेयर बजारबाट स्रोत जुटाउने तयारी गरेको हुनसक्छ । चौधरी ग्रुपले वाईवाई चाउचाउको आईपीओ निष्कासन गर्ने भएपछि नेपालका ठूला व्यापारिक घरानाहरु पनि दोस्रो बजारमा सूचीकृत हुने क्रम बढ्ने विश्वास यस क्षेत्रसँग सम्बन्धीत विज्ञहरुले विश्वास गरेका छन् ।

सम्बन्धित समाचार