काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समिति निर्णयअनुसार सभा काठमाडौं बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा २ बजे देखि सुरु हुनेछ । सभाले सर्वसाधारणका लागि छुट्याइएको आईपीओ निष्कासन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।