free website hit counter

आउने भो चन्द्रागिरी हिल्सको १८ करोडको आइपीओ

beemaadmin
२०७७ असार २१, आईतवार

काठमाडौं । शेयर बजारमा फेरि अर्को आइपीओ खुल्ने भएको छ । चन्द्रागिरी हिल्सको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ आउने भएको छ । चन्द्रागिरी हिल्सले उक्त शेयर निस्कासन एवं प्रत्याभुतिका लागि नागरिक लगानी कोषसँग संझौता गरेको छ । आइतबार सम्झौतामा नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड बीच स्थानिय बासिन्दा एवं सर्वसाधारणमा शेयर निस्कासन एवं प्रत्याभुति नियुक्ती गर्ने भनिएको छ । चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो । उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार