free website hit counter

आखिर किन बढ्दैछ त सुनको भाउ ?

beemaadmin
२०८० चैत्र ३, शनिबार

काठमाडौं । सुनको मूल्यले नयाँ रेडर्क कायम गर्दै अघि बढेको छ । पछिल्लो केहि समयदेखि सुनको मुल्यले नयाँ उचाइ बनाइरहेको हो। साताको सुरुको तीन दिन लगातार सुनको मूल्यले आफ्नै रेकर्ड ब्रेक गर्दै अघि बढे पनि त्यसपछि भने विस्तारै ओरालो लागेको छ । साताको पहिलो दिन, सुन तोलाकै एक लाख २६ हजार रूपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यसपछि भने सोमबार सुनको मूल्य स्थिर रहेको थियो । मंगलबार भने सुन प्रतितोला एक हजार रूपैयाँले गिरावट हुँदा एक लाख २५ हजार रूपैयाँमा झरेको थियो । तर चैतको पहिलो दिन, सुन तोलामा ८०० रूपैयाँले महंगिएको थियो । आइतबार सुन प्रतितोला एक लाख २५ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । जुन साताको अन्तिम दिन प्रतितोला एक लाख २५ हजार ४०० रूपैयाँमा झरेको छ । पछिल्लो केहि दिन अमेरिकी केन्द्रिय बैंकले व्याजदर घटाउने अपेक्षाका कारण सुनको भाउ बढेको थियो । विश्व बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि यसको प्रभाव परेको थियो । विश्लेषकहरुका अनुसार अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने हल्लाका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगिएको हो । व्याजदर घट्ने डरसँगै लगानीकर्ताहरु रकम निकाल्दै सुनमा लगानी गरिरहेका थिए। जसकारण सुनको भाउ बढेको थियो । तर अमेरिकी डलर मजवुत बन्दै गएकोले त्यसको प्रभाव सुनको मुल्यमा परेको छ । जसकारण साताको पछिल्ला दिनमा मुल्यमा कमी आएको बिश्लेषकहरुले बताएका छन्। यो साता नेपाली बजारमा चाँदीको मुल्य भने सामान्य बढेको छ । साताभरमा चाँदी प्रतितोला ४० रूपैयाँले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार ४७५ रुपैयाँ रहेको थियो । सोमबार चाँदी महंगिदा प्रतितोला एक हजार ४८५ रूपैयाँ र मंगलबार घटेर एक हजार ४६५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार